उनले भने, ‘राष्ट्रिय सभाको उम्मेदवारी दर्ता भइसकेको छ, माघ ११ गते राष्ट्रिय सभाको चुनाव हुँदै छ। यो परिवेशमा जुन खालको एउटा गम्भीर नेपालको संविधानमाथि, नेपालको लोकतन्त्रमाथि, नेपालको परिवर्तनमाथि जुन खालको गम्भीर षड्यन्त्रका संकेतहरू देखिन थालेका छन्, त्यही षड्यन्त्रको एउटा ठुलो संकेतका रूपमा लिएका छौँ।’
पुस ३० गते मात्र विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएपछि आधिकारिता दाबी गर्न आज देउवा पक्ष निर्वाचन आयोग पुगेको हो।
नेता कल्याण गुरुङले केन्द्रीय समितिका पदाधिकारीसहित जिल्ला सभापतिहरूको टोली निर्वाचन आयोग पुगिएको जानकारी दिए। यसअघि बिहीबार गगन पक्षले नवनिर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा बुझाएको थियो।
यस विषयमा निर्वाचन आयोगले छानबिन गरिरहेको छ।