बिहिवार, आश्विन १५ गते २०८३

गगन थापासहित सिंगो केन्द्रीय समिति निर्वाचन आयोग जाँदै

शुक्रवार , माघ २, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाविधेशनबाट निर्वाचित सभापति गगन थापासहित पदाधिकारी र केन्द्रीय सदस्यहरू निर्वाचन आयोग जान लागेका छन् ।

निर्वाचन आयोगले बोलाएकाले थापासहितको टोली आयोग जान लागेको एक नेताले बताएका छन् । उनका अनुसार चुनाव चिह्नलगायतका विषयमा छलफल गर्नका लागि भनेर आयोगले बोलाएकाले जान लागेको बताएका छन् ।

यसअघि शुक्रबार बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतको टोली आयोग पुगेको थियो । उनीहरूले आधिकारिता दाबी गर्दै आयोगमा कागजात बुझाएका थिए । त्यस्तै, बिहीबार थापा नेतृत्वको टोली आयोग पुगेको थियो ।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिबारे जानकारी दिँदै अद्यावधिक गर्न निवेदन दिएको थियो । फेरि आज थापा नेतृत्वको टोली आयोग जान लागेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार