काठमाडौं । माघ चारदेखि लागु हुने गरी काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् ।
महानगर प्रमुख बालेन शाह पनि माघ चारमा नै राजीनामा दिने तयारीमा छन् । पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई राजीनामा बुझाएको जानकारी दिएका छन् ।
मेयर शाह झापा ५ बाट चुनावमा लड्ने तयारीमा रहेका छन् । यस्तै, पाण्डे भने काठमाडौंबाट नै चुनाव लड्ने चर्चा भइरहेको छ ।