बिहिवार, आश्विन १५ गते २०८३

निर्वाचन आयोग बाहिर कांग्रेसका दुवै समूह रुख चिन्ह माग गर्दै नाराबाजीमा उत्रिए

शुक्रवार , माघ २, २०८२

काठमाडौं । निर्वाचन आयोग बाहिर नेपाली कांग्रेसका दुवै समूह नाराबाजीमा उत्रिएका छन् ।

रुख चिन्ह माग गर्दै दुवै समूहका समर्थकहरु आयोगबाहिर नाराबाजीमा उत्रिएका हुन् । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा समूह निर्वाचन आयोगमा जाँदा शेरबहादुर देउवा पक्षले नाराबाजी गरेको छ ।

गगन पक्ष बाहिर लगत्तै आयोगसँग छलफलको लागि देउवा पक्ष पुगेको छ । अहिले देउवा पक्षले निर्वाचन आयोग बाहिर नाराबाजी गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार