बिहिवार, आश्विन १५ गते २०८३

सरकार र दुर्गा प्रसाईंबीचको वार्ता निष्कर्षविहीन

शुक्रवार , माघ २, २०८२

काठमाडौं । सरकार र ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीको उपस्थितिमा दुर्गा प्रसाईं र उनका प्रतिनिधिबीच भएको छलफल निष्कर्षविहीन टुंगिएको हो । 

छलफलमा दुर्गा प्रसाईंले आफूविरुद्धको मुद्दा फिर्ता लिनुपर्ने अडान प्रधानमन्त्रीसमक्ष राखेका थिए । ‘उहाँले आफूमाथि लागेका सबै मुद्दा जसरी पनि फिर्ता हुनुपर्छ भन्ने अडान राखिराख्नुभयो,’ सिंहदरबार स्रोतले भन्यो,’अडान नछोडेपछि प्रधानमन्त्री मन्त्रिपरिषद् बैठक छ अहिले म गएँ । बैठकपछि छलफल गरौँला भनेर निस्किनु भयो ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार