बिहिवार, आश्विन १५ गते २०८३

यसपटक आरजुलाई भारत भ्रमण फापेन, पार्टी फुटेपछि दिल्लीबाट रित्तो हात फर्किन

शुक्रवार , माघ २, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाको यसपटकको भारत भ्रमण उपलब्धिविहीन भएको छ ।

आरजु दिल्लीमै रहेका बेला पार्टी फुटेपछि निरास हुँदै काठमाडौँ फर्किनु परेको हो । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको समय नजिकिएसँगै आरजु पुस २१ गते दिल्ली उडेकी थिइन ।

चुनावमा कांग्रेसलाई वैकल्पिक शक्तिले टक्कर दिने पक्कापक्की भएको बेला आरजु दिल्ली जानुको पछाडि ठुलै रहस्य छ । यदी दल्लीको आशिर्वाद पाए फेरि कांग्रेस सत्तामा आउने आश सहित आरजु दिल्ली उडेको चर्चा पनि छ । आरजुलाई दिल्ली निकटका रुपमा हेरिन्छ । परराष्ट्रमन्त्री भएका बेला भारत पुग्दा आरजुले उच्च सम्मान पाएकी थिइन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अन्य नेताहरुसँग पनि आरजुको सम्बन्ध राम्रो छ । उनै आरजु चुनावको मुखैमा दिल्ली गएपछि उनको भ्रमणलाई चासोको साथ हेरिएको थियो । आरजु दिल्लीमा १० दिन बसिन । तर, यसपटकको उनको दिल्ली भ्रमण भने फापेन । दिल्लीमै रहेका बेला नेपाली कांग्रेस दुई टुक्रा भयो ।

पार्टी फुटेपछि आरजु निरास हुदै नेपाल एअरलाइन्सको उडान नम्बर आरए २१८ मार्फत काठमाडौँ आएकी छन् ।  भारतमा रहँदा उनले को-कोसँग भेटवार्ता गरिन् ? यस विषयमा केही खुलेको छैन। भेटवार्ता गोप्य राखे पनि उपलब्धि भने शुन्य भएको देखिन्छ । चुनावको मुखैमा कांग्रेस फुटेको छ । पार्टी फुटले कांग्रेसलाई चुनावमा ठुलै धक्का लाग्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार