मन्त्री खरेलले राजनीति र लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष जनमतबाट सहभागी हुन चाहेको भन्दै जनताको सेवाका लागि उम्मेदवारी दिने बताएका छन्।
ललितपुरको महालक्ष्मीस्थानमा शनिबार आयोजित कार्यक्रममा उनले आफू संसद्मा पुग्न आतुर रहेको भन्दै २१ फागुनमा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरे ।
उनले भने, ‘अबको चुनाव कहीँ न कहीँ प्रतिनिधित्व गरी लड्छु। संसदमा जाने मेरो चाहना छ। इच्छा छ ।’ खरेलनिकट स्रोतका अनुसार उनी रास्वपाबाट चुनाव लड्ने अन्तिम तयारीमा छन् ।