बिहिवार, आश्विन १५ गते २०८३

टिकट वितरणमा ओलीले एकलौटी गरेपछि योगेशले भने- निर्णय सुनेर विचलित नहुनू

आइतवार , माघ ४, २०८२

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले उम्मेदवार छनोटमा पार्टीले गरेको निर्णयबाट विचलित नहुन कार्यकर्तालाई आग्रह गरेका छन्। 

शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अझ उच्च मनोबल र एकताका साथ पार्टीका उम्मेदवारलाई विजयी बनाउन आ–आफ्नो स्थान र हैसियतबाट सक्रिय रहन पनि आह्वान गरेका छन्।

शनिबार केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बसेको एमाले सचिवालय बैठकले अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। केही जिल्ला र निर्वाचन क्षेत्रमा भने अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार टुंग्याउने भएका छन्।

यसअघिको निर्वाचनमा एमाले उपमहासचिव भट्टराई विजयी हुँदै आएको ताप्लेजुङमा पनि उम्मेदवार टुंग्याउन बाँकी छ।  शनिबारको सचिवालय बैठकमा योगेश भट्टराई आफैँ सहभागी थिए। तर, अध्यक्ष ओलीले इतर खेमालाई बाइपास गरेर उम्मेदवार टुंग्याएपछि भट्टराईले सामाजिक सञ्जालमा पार्टी निर्णयबाट विचलित नहुन आफू पक्षीय नेता कार्यकर्ताँलाई आह्वान गरेका हुन्। 

भट्टराईले फेसबुकमा लेखेका छन्, ‘नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु। अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु। हाम्रो यात्रा लामो र गौरवपूर्ण छ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार