काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधि सभा निर्वाचन लडिरहेको क्षेत्र रुपन्देही-२ मा सुवास पाण्डे ‘विश्वदीप’लाई उम्मेदवार बनाएको छ।
आजै (आइतबार) बिहान पार्टी संयोजक प्रचण्डले उनलाई टिकट दिएका हुन्। पाण्डेले प्रचण्ड प्रधानमन्त्री रहेका बेला सचिवालयमा काम गरेका व्यक्ति हुन्।
एमाले उपाध्यक्ष पौडेल भने यसपटक रुपन्देही-२ बाट चुनाव नलड्ने भएका छन्। उनी पाल्पा-२ बाट उठ्ने भएका छन्। आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि अहिले दलहरूले धमाधम उम्मेदवार छनोट गरिरहेका छन्।