बिहिवार, आश्विन १५ गते २०८३

नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य

आइतवार , माघ ४, २०८२

काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाइल्यान्डसामु १ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली निर्धारित २० ओभरमा १ सय २२ रन बनाउँदा अलआउट भयो।  पावर प्लेमा उत्कृष्ट सुरुवात गरेको नेपाली टोली मध्यक्रममा सम्हालिन सकेन। नेपालले ५.४ ओभरमा ५२ रन बनाएको थियो। 

ओपनर सम्झना खड्का ११ बलमा ६ चौका सहयोगमा २६ रन बनाउँदा क्याच आउट भइन्। अर्की अ‍ोपरन विन्दु रावल ४४ रनमा आउट भईन्। ५६ बलमा ६ चौका प्रहार गरेकी विन्दुको यो अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन हो। यसअघि उनको सर्वाधिक रन २८ रन थियो। 

१० बलमा २ छक्का र १ चौका प्रहार गरेकी रुविना क्षेत्री १७ रन बनाउँदै पेभेलियन फर्किईन्।  पुजा महतो १२ रन बनाउँदा क्याच आउट भईन्। इन्दु बर्मा ६ रनमा क्याच आउट भइन्। कविता कुवँर २ रनमा रनआउट हुन पुगिन्।

सिता रानामगर शुन्य रनमा नै आउट भइन्। रिया शर्मा ४ र सुमन विष्ट शुन्य रनमा आउट भए। काजल श्रेष्ठ २ रनमा अविजित रहिन्।  थाइल्यान्डका लागि चिपात्चा पुथावंगले २ विकेट लिईन्। चनिदा पुथ्थावोङ,सुनिपोन लाओमी र सुनिदा चतुरोग्राटानाले समान एक विकेट लिए।  थाइल्यान्डले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

 
 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार