बिहिवार, आश्विन १५ गते २०८३

आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने

आइतवार , माघ ४, २०८२

काठमाडौँ । निर्वाचन आयोगले आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। यसबारे आयोगले सरकारलाई जानकारी गराएको छ।

आइतबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा आचारसंहितबारे जानकारी गराएको हो। आयोगका तर्फबाट आचारसंहितबारे विशेष प्रस्तुतीकरण गरिएको थियो। 

निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागू गर्ने आयोगले निर्णय गरिसकेको छ। आयोगको आइतबार बसेको बैठकले निर्वाचन आचारसंहिता लागू हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए। 

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसँगै मन्त्रिपरिषद्का सदस्य, नेपाल सरकारका मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारी उपस्थित रहेका थिए। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार