बिहिवार, आश्विन १५ गते २०८३

जनकपुर पुगेर बालेनले भने- साह्रै माया लागेको छ, भोलि कार्यक्रममा सबै आउनुहोला

आइतवार , माघ ४, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले जनकपुर पुगेर सबैलाई भोलिको कार्यक्रममा आउन आग्रह गरेका छन्। 

काठमाडौँ महानगरको मेयरबाट आजै राजीनामा दिएर रास्वपा कार्यालय गइ जनकपुर पुगेका उनले भने, ‘यहाँ भर्खरै आएर तपाईंहरुलाई भेट्न पाउँदा धेरै खुसी लागेको छ, साह्रै माया लागेको छ। हामी भर्खरै आइपुग्यौँ, भोलिको कार्यक्रमका लागि थोरै योजना बनाउनुपर्ने छ।’

भोलिको कार्यक्रमको योजनबारे बुझ्नुपर्ने समेत उनले बताए। ‘भोलि भेटौँला। आजका लागि नआत्तिकन शान्त भएर बसिदिनु। भोलि कार्यक्रम स्थलमै सबै जना आउनुहोला,’ शाहले भने।

रास्वपाले सोमबार धनुसामा निर्वाचन प्रचारको कार्यक्रममा गर्दै छ। यहीबाट रास्वपभा सभापति रवि लामिछाने र शाले सम्बोधन गरेर चुनावी अभियान सुरु गर्दै छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार