बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड

सोमवार , माघ ५, २०८२

काठमाडौँ । सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । सोमबार सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको हो ।

अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ८२ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । हिजो प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार