बिहिवार, आश्विन १५ गते २०८३

एमालेबाट टिकट नपाएपछि पूर्वसांसद यज्ञजित शाहले छाडे एमाले (पत्रसहित)

सोमवार , माघ ५, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा पूर्वसांसद यज्ञजित शाहले एमाले छाडेका छन् । टिकट नपाउने पक्का भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले राजीनामा पठाएका हुन् ।

रुपन्देही–३ मा वासुदेव घिमिरेलाई उम्मेदवार बनाएपछि यज्ञजित असन्तुष्ट थिए । उनी रुपन्देही–३ बाट उम्मेदवार आकांक्षी थिए । शाहले पार्टीमा अवसरवादी धेरै रहेकोले बस्न औचित्य नभएको बताएका छन् । शाहले ९ वर्षअघि केपी ओली र विष्णु पौडेललाई भेटेर एमाले प्रवेश गरेका थिए ।

No description available.

पार्टीमा कुनै अवसर नपाएको उनले राजीनामा पत्रमा गुनासो गरेका छन् । शाह २०३८ सालदेखि रुपन्देहीमा बस्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार