काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ–१ बाट सामाजिक अभियन्ता आशिका तामाङलाई उम्मेदवार बनाएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले उनलाई टिकट दिएको हो ।
तामाङले जेनजी आन्दोलनका घाइते तथा ज्यान गुमाएका परिवारलाई सहयोग संकलन गर्दै आएकी छन् ।