बिहिवार, आश्विन १५ गते २०८३

जनकपुरधाममा सुरु भयो ‘परिवर्तन उद्घोष सभा’

सोमवार , माघ ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको परिवर्तनको उद्घोष सभा जनकपुरमा सुरु भएको छ । 

रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहितका नेताले सम्बोधन गर्ने सभामा हजारौँको उपस्थिति रहेको छ । सभास्थल तिरहुतिया गाछी भरिभराउ हुँदैछ । अहिले पनि जुलुससहित सहभागी आउने क्रम जारी रहेको छ । कार्यक्रममा जेनजी पुस्ताका मानिस बढी सहभागी छन् । कार्यक्रममा प्रमुख केन्द्रविन्दु रास्वपाका वरिष्ठ नेता बालेन बनेका छन् ।

कार्यक्रमको अनौपचारिक सुरूवात शिवस्तुतिबाट गरिएको छ । मिथिला सांस्कृतिक परम्परा अनुसार कार्यक्रम सुरूवात गरिने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार