बिहिवार, आश्विन १५ गते २०८३

बालेन प्रधानमन्त्री नभए जनकपुरको रणभूमिमा आत्मदाह गर्छु : अमरेशकुमार

सोमवार , माघ ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन् ।

बालेन प्रधानमन्त्री नबने जनकपुरमा आएर आत्मदाह गर्ने उनको भनाइ छ । उनले दोहोर्‍याएर भने, ‘हामी सीता माताका सन्तान हौं । सीमा माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु, बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’

बालेनलाई देशको महानायक भन्दै उनले आफ्नो गम्झा देखाउँदै भोट मागे । सिंहले भने, ‘म हात जोडेर भन्छु, मसँग केही छैन । केवल आग्रह गर्छु, तपाईंहरूसँग गम्छामा भिख माग्छु, मधेशलाई प्रधानमन्त्री देऊ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार