‘मंगलबार बिहान ११ बजे, राप्रपा क्षेत्र नं. १ को नयाँ बानेश्वरस्थित कार्यालय (कृष्ण टावरको अगाडी) मा जम्मा भएर उमेदवारी मनोनयनका लागि प्रस्थान गरिने जानकारी गराउन चाहन्छु,’ मिश्रले भनेका छन्।
उनी पछिल्लो दुई चुनावमा काठमाडौँ-१ मा थोरै मतले पराजित भएका थिए। २०७४ सालमा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका मिश्रले १० हजार ११८ मत पाएका थिए। त्यतिवेला नेपाली कांग्रेसका प्रकाशमान सिंह १० हजार ९३६ मत पाएर निर्वाचित भएका थिए।
त्यस्तै, २०७९ सालको निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेका मिश्रले ७ हजार १८ मत पाएका थिए। कांग्रेसका सिंह ७ हजार १४३ मत पाएर निर्वाचित भएका थिए।
यस पटक कांग्रेसको आन्तरिक विवादका कारण सिंहको टिकट टुंगो लागेको छैन।