काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलको सहर-ए-नौ क्षेत्रमा विस्फोट भएको छ।
अफगानिस्तानको टोलो न्युजका अनुसार सुरक्षा स्रोतले आक्रमणमा चिनियाँ नागरिकहरूलाई लक्ष्य गरिएको पुष्टि गरेका छन्। आक्रमणमा मृत्यु हुने र घाइते हुनेको संख्या अझै स्पष्ट भइसकेको छैन।
काबुलको समसाद न्युजले गोल्फुरुसी स्ट्रिटमा विस्फोट भएको र चिनियाँ रेस्टुरेन्टलाई निसाना बनाइएको उल्लेख गरेको छ। रिपोर्टमा भनिएको छ, ' विस्फोट एक चिनियाँ रेस्टुरेन्टमा भएको थियो, जसमा धेरै चिनियाँ र अफगानी नागरिक घाइते भएका छन्।'
काबुल प्रहरी कमान्डका प्रवक्ता खालिद जद्रानले पनि विस्फोटको पुष्टि गरेका छन्। उनले एक्समा लेखेका छन्, 'सहर-ए-नौको गोल्फुरुसी स्ट्रिटमा रहेको एक होटलमा विस्फोट भएको छ, जसमा केही व्यक्ति घाइते भएका छन्।'