काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट धनुषा निर्वाचन क्षेत्र दुईमा रामचन्द्र झाले मनोनयन दर्ता गराएका छन् ।
धनुषाको विदेहनगर नगरपालिकास्थित तिनकौरिया बजारमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर झाले उम्मेदवारी दर्ता गराएका हुन् । झाले आठौं पटक उम्मेदवारी दर्ता गराइएका हुन् । ०४८ सालदेखि लगातार निर्वाचनमा उम्मेदवारी दिँदै आएका छन् । ५१ सालको आम निर्वाचन र ६४ सालको पहिलो निर्वाचनमा उनी निर्वाचित भएका थिए ।
उनले भने, ‘आज पहिलो नम्बरमै उम्मेदवारी दर्ता गरेको छु ।’ यसपालिको निर्वाचनमा आफू पहिलो हुने उनले दाबी गरे ।