बिहिवार, आश्विन १५ गते २०८३

आसन्न निर्वाचनका लागि कांग्रेसले टुंग्याउन सकेन ९ क्षेत्रको उम्मेदवार

मंगलवार , माघ ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ९ क्षेत्रबाट अझै उम्मेदवारको नाम टुंग्याउन सकेको छैन् ।

उम्मेदवारहरूको प्राप्त सूचीअनुसार कांग्रेसले १६५ मध्ये अझै ९ निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंग्याउन बाँकी देखिएको छ । कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा पर्ने कैलाली–४ मा अझै उम्मेदवार खडा गर्न सकेको छैन् । यसअघि कैलाली–४ बाट प्रदेश सभापति वीरबहादुर बलायरलाई टिकट दिने भनिएको थियो । कांग्रेसले मुस्ताङका लागि पनि उम्मेदवार छनोट गर्न सकेको छैन् ।

यस्तै काठमाडौंका निर्वाचन क्षेत्रहरू १, २, ३ र ७ मा पनि उम्मेदवार तय हुन सकेको छैन् । कांग्रेसले भक्तपुर–१, चितवन–१ र पर्सा २ मा पनि उम्मेदवार तय गर्न बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार