बिहिवार, आश्विन १५ गते २०८३

एमाले अध्यक्ष ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

मंगलवार , माघ ६, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । ओली यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । यो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

उनी काठमाडौंको मेयरबाट राजीनामा दिएर झापा–५ मा उम्मेदवार बनेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार