काठमाडौं । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री रमेश लेखकलाई उम्मेदवार नबनाएको भन्दै कञ्चनपुर–३ का कांग्रेस कार्यकर्ता विरोधमा उत्रिएका छन् ।
कञ्चनपुर–३ का नेता कार्यकर्ताले मंगलबार दिउँसो सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माविरूद्ध नाराबाजी र पुतला दहन गरेका हुन् । यो क्षेत्रबाट २०५६, २०७० र २०७९ सालमा निर्वाचित लेखक अहिले पनि टिकटका आकांक्षी थिए ।
कांग्रेस संसदीय बोर्डले कञ्चनपुर–३ मा पूर्व जिल्ला सभापति हरि बोहरालाई उम्मेदवार बनाएको छ ।