बिहिवार, आश्विन १५ गते २०८३

सहकारी ठगी प्रकरणः जिल्ला अदालत पर्साले रवि लामिछानेसँग एक करोड धरौटी माग

मंगलवार , माघ ६, २०८२

काठमाडौं । वीरगन्जस्थित सानोपाइला सहकारी ठगी प्रकरणमा जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग एक करोड धरौटी मागेको छ ।

मंगलबार न्यायाधीश रुद्र सुवेदीको इजलासमा भएको थुनछेक बहसपछि एक करोड धरौटी मागेको हो । गत जेठमा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेमाथि अभियोजन गरेको थियो ।

सानोपाइला सहकारी ठगी मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार