काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर–५ मा आफ्नो प्रतिस्पर्धी नरहेको टिप्पणी गरेका छन् ।
मंगलबार झापा–५ मा प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले एमालेको खास प्रतिस्पर्धी नरहेको र बाँकी हा, हुँ भएको टिप्पणी गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवारी दिएका पार्टीका वरिष्ठ नेता बालेन शाहको र्यालीमा देखिएको भीडबारे भने उनले अनविज्ञता प्रकट गरेका छन् ।
मनोनयन दर्ताका क्रममा बालेनको समर्थनमा ठूलो जनलहर देखिएको भन्दै सञ्चारकर्मीले राखेको जिज्ञासामा ओलीले व्यंग्यात्मक शैलीमा जवाफ दिएका हुन् । उनले भने, ‘खै १ मैले त त्यस्तो भीड देखेको छैन, केही मान्छे जम्मा भए होलान् ।’ झापा–५ मा एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्न यसपटक बालेन शाह चुनावी मैदानमा उत्रिएपछि त्यहाँको चुनावी माहोल तातिएको छ ।
बालेनको उम्मेदवारी दर्ताका क्रममा समर्थकहरूको बाक्लो उपस्थिति देखिए पनि ओलीले भने त्यसलाई महत्त्व नदिई आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।