काठमाडौँ । प्रतिनिधि सभानिर्वाचनको मनोनयन दर्ता भएपछि नेपाली कांग्रेस घोषणापत्र तयारीमा जुटेको छ। घोणणा पत्र तयारीका लागि कांग्रेसले बुधबार काठमाडौँमा उपलब्ध नेताहरुसँग छलफल गर्दैछ ।
प्रवक्ता देवराज चालिसेका अनुसार सभापति गगन थापाको समूहले घोषणापत्रको तयारीमा छ। घोषणापत्र तयारीबारे थप विमर्शका लागि काठमाण्डुमा उपलब्ध नेताहरुसँग बुधबार छलफल गरिने उनले बताए ।
यस्तै कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाएको छ। निर्वाचन प्रचार प्रसारका रणनीति लगायत विषयमा पनि छलफल हुनेछ। १६५ वटै निर्वाचन क्षेत्रमा प्रभावकारी प्रचारप्रसार, कांग्रेसका नीति, योजना र कार्यक्रम जनतालाई बुझाउनेसहितका समग्र निर्वाचन अभियानबारे छलफल हुनेछ।