बिहिवार, आश्विन १५ गते २०८३

परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ : गगन थापा

बुधवार , माघ ७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले परिष्कृत कांग्रेसमार्फत देशलाई सम्मुनत बनाइने बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत थापाले आफ्नो नेतृत्वमा ‘परिष्कृत कांग्रेस’ बनेको भनाइ राखेका हुन् ।

विशेष महाधिवेशनबाट सभापति चयन भएका थापाका नेतृन्वको कांग्रेस केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । त्यसका विरुद्ध तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वान आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

Screenshot 2026-01-21 130948.png

त्यसपछिमा सुनुवाइ गर्दै मंगलबार सर्वोच्चले अन्तरिम आदेश दिने अस्वीकार गरेको थियो । त्यसपछि आज थापाको प्रतिक्रिया आएको हो । थापाले भनेका छन्, ‘हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार