काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सुशीला कार्की नेतृत्वको सरकारलाई आगजनी गर्नेको सरकार भनेर टिप्पणी गरेका छन् ।
बुधवार गृह जिल्ला झापामा भदौ २४ गतेको विध्वंसमा जलेका संरचनाको अवलोकन गर्न पुगेका बेला सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन् । ओलीले भने, ‘आन्दोलनको नाममा कसैको घर जगाउन पाइँदैन् । त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्ने हो, तर, सरकार उनीहरूकै हो सायद । कारबाही भएको छैन् ।’
उनले आगजनी गर्नेलाई अपराधी करार गर्दै कारबाहीको समय आउने बताएका छन् । उनले भने, ‘समय आउँछ, कारबाही गर्ने समय आउँछ । देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउनुपर्नेछ ।’