बिहिवार, आश्विन १५ गते २०८३

आज झापा ५ का दक्षिणी क्षेत्रका कार्यकर्ता भेट्दै ओली, हरेक वडा कमिटीसँग अलगअलग भेट्ने

बिहिवार , माघ ८, २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नम्बर ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटवार्ता गर्दैछन्। झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले उम्मेदवारी दिएपछि ओली दबाबमा परेका छन्। 

जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका ५ स्कूलचोकको नमूना कृषि खेतीको सभाहलमा ओलीको कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ। 

अध्यक्ष ओलीले गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्जका ६ वटा वडाका वडा कमिटीसँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको कार्कीले बताए। 

वडाका पदाधिकारी तथा सदस्यहरुले मतदाताको मुड, विकासको अवस्था र पार्टी कामका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउने छन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार