काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् ।
सभापति गगन थापाले शुक्रबारदेखि केन्द्रीय कार्यालयमा पुगेर कार्यभार सम्हाल्ने भएपछि पौडेलले राजीनामा दिएका हुन् । २०७२ सालमा पौडेललाई तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्य सचिव नियुक्त गरेका थिए । नवनिर्वाचित सभापति थापालाई आफ्नो ढंगले काम गर्न सहयोगका लागि राजीनमा दिएको बताएका छन् ।
पुस २७–३० मा सम्पन्न विषेश महाधिवेशनबाट निर्वाचित सभापति थापा पार्टीका सचिव कृष्णप्रसाद दुलाललाई मुख्य सचिव बनाउने तयारीमा रहेका छन् । सभापतिमा निर्वाचित लगत्तै थापाले दुलाललाई मुख्य सचिव बनाउने बचन दिएको एक नेताले बताएका छन् ।
विजयकुमार गच्छादारको तत्कालीन जनअधिकार फोरम २०७४ सालमा कांग्रेसमा विलय हुँदा दुलाललाई पार्टी सचिव बनाइएको थियो । पार्टी कार्यालयका सचिव विशेष महाधिवेशनको पक्षमा दुलाल खुलेर लागेका थिए ।