काठमाडौं । रुपन्देही–२ बाट राप्रपाले उम्मेदवारी फिर्ता लिएको छ । यहाँबाट उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी हुन्।
उनले आफ्नो उम्मेदवार बन्ने योग्यता नपुगेको स्वीकार गर्दै उम्मेदवारी फिर्ता लिएको बताइएको छ । उम्मेदवारी फिर्ता लिँदा उनले विदेशमा बस्दा प्राप्त कार्ड परित्याग गरेको तीन महिना नपुगेकोले आफू उम्मेदवार बन्न योग्य नभएको बताएकी हुन् ।
यस निर्वाचन क्षेत्रबाट एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल उम्मेदवार बनेका छन् ।