बिहिवार, आश्विन १५ गते २०८३

मनाङमा एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिए

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका छन् ।

मनाङका निर्वाचन स्रोतका अनुसार, एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका हुन् । स्रोतले भन्यो, ‘एमाले र राप्रपाबाट उम्मेदवारी फिर्ताको निवेदन आएको छ । औपचारिक निर्णय दिउँसो १ बजे पछि हुन्छ ।’ एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङले उम्मेदवार दर्ता गरेका थिए ।

दुवै जना उम्मेदवार नहुने भएका छन् । मनाङमा पाँच जनाको उम्मेवारी परेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार