काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा नवनिर्वाचित सभापति गगन थापाको कार्यकक्ष तयार गरिएको छ ।
सभापति निर्वाचित भएपछि पहिलो पटक सभापति थापा केन्द्रीय कार्यालय जाँदै छन् । आजै केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । थापाको कार्यकक्ष साजसज्जा गरिएको छैन् । एउटा कुर्सी र सोफा राखिएको छ । थापा बस्ने कुर्सीको ठीक माथि भित्तामा पूर्व सभापतिका तस्बिर टाँगिएका छन् ।
कांग्रेसका संस्थापक सभापति बीपी कोइरालादेखि निवर्तमान सभापति शेरबहादुर देउवासम्म सबैको तस्बिर लहरै राखिएको छ ।
कांग्रेसले आज केन्द्रीय कार्यसमिति बैठकबाट थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ ।