बिहिवार, आश्विन १५ गते २०८३

डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता गर्नेबारे पार्टीमा छलफल गरे

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता गर्नेबारे पार्टीमा छलफल गरेका छन् ।

फागुन २१ गते हुन लागेको निर्वाचनका लागि डा.भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका छन् । यसअघि, निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका भट्टराईलाई अन्तिम समयमा पार्टीले उम्मेदवार बनाएको थियो ।

तर, सो क्षेत्रका अन्य दलका युवा उम्मेदवारहरूले भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि भट्टराईले आफ्नो निर्णयबारे पुनर्विचार सुरु गरेका हुन् । उम्मेदवारी फिर्ता लिनका लागि आज समय रहेको छ ।

स्रोतले भन्यो, ‘डा.साबलाई सबैले तपाईं निर्वाचन लड्ने भन्दा पनि अभिभावक बनिदिन आग्रह गर्नुभएको छ । त्यही भएर आज उहाँले पार्टीमा यसबारे छलफल गर्नुभएको हो ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार