काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यालय, सानेपामा सुरु भएको छ ।
शुक्रबार दिउँसो नवनिर्वाचित सभापति गगन थापाको सभापतित्वमा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको हो । थापा सभापति भएपछि पहिलो पटक कांग्रेस केन्द्रीय कार्यालयमा बैठक बसेको छ ।
यसअघि सभापति थापा कांग्रेस केन्द्रीय कार्यालय गएका थिएनन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पनि बाहिरै बस्दै आएको थियो । आजको बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेश सभापति उपस्थिति रहेका छन् ।
आजको बैठकमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने एजेन्डा रहेको छ ।