बिहिवार, आश्विन १५ गते २०८३

हर्क साम्पाङ भन्छन्– रास्वपा भारतको प्रयोजनमा बनेको पार्टी हो

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपा भारतको प्रयोजनमा बनेको पार्टी भएको बताएका छन् ।

शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरीय सङ्गठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले पुराना दलबाट अब देशको निकास सम्भव नभएको बताएका छन् । उनले भने, ‘त्यसो हुँदा उनीहरूलाई भोट नदिनुहोस् ।’

साथै उनले नयाँ दलहरूमाथि पनि प्रश्न उठाए । नयाँ दल र आफ्नो श्रम संस्कृति पार्टीबिच तुलना गर्नुपर्ने बताए । उनले भने, ‘रास्वपाले स्वाधीनताको पक्षमा कहीँ बोलेको छैन्, रास्वपा भारतको प्रयोजनमा बनेको पार्टी हो ।’ साम्पाङले बालेन साह, रवि लामिछाने र कुलमान घिसिङलाई विभिन्न प्रश्न सोध्दा उनीहरूले जवाफ नदिएको पनि बताएका छन् ।

‘जेनजी आन्दोलन’ का बेला तीन करोड जनतामध्ये आफूले मात्रै देश सम्हाल्ने ताकत देखाएको उनले बताएका छन् । साथै उनले देशमा इमानदार नेतृत्वको खाँचो रहेको पनि बताएका छन् ।

उनले देश बनाउने स्पष्ट भिजन श्रम संस्कृति पार्टीसँग मात्र रहेको र अन्य कुनै नेतासँग त्यो भिजन नभएको ठोकुवा गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार