बिहिवार, आश्विन १५ गते २०८३

योगेश भट्टराई लेख्छन्– यत्ति भन्छु अध्यक्षको कुराबाट चिन्तित छु, दुःखी छु

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आफूसहित पार्टीका नेताहरूलाई टिकट नदिएकोबारे अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गरेका धारणाले आफू दुःखी र चिन्तित भएको बताएका छन् ।

साथै उनले यसबारे आफू फागुन २१ सम्म कुनै टिप्पणी नगर्ने पनि बताएका छन् । भट्टराईले सामाजिक सञ्जालमार्फत शुक्रबार भनेका छन्, ‘फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्न चाहन्न । मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो, ‘नो इफ, नो वट’ । विचलित र निराश छैन् ।’ तर उनले अध्यक्षको कुराबाट चिन्तित र दुखी भएको बताएका छन् ।

भट्टराईले लेखेका छन्, ‘यत्ति भन्छु अध्यक्षको कुराबाट चिन्तित छु, दुःखी छु । कसैले पनि जितको ग्यारेन्टी सहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई विश्वास छैन्, यस विषयमा मलाई थप फोन नगर्नुहोला ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार