बिहिवार, आश्विन १५ गते २०८३

कार्यसमिति बैठकमा प्रधानमन्त्रीको उम्मेदवार थापालाई बनाउन विश्वप्रकाशको प्रस्ताव पेश

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव पेश भएको छ ।

उपसभापति विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका हुन् । उनले विभिन्न बुँदामा सबैभन्दा उपयुक्त उम्मेदवार गगन नै किन ? भनेर समेत बैठकमा बुँदागत रुपमा पेश गरेका हुन् ।

बैठकमा शर्माले प्रस्ताव अघि सार्दै भनेका छन्, ‘केन्द्रीय कार्यसमितिका सबै आदरणीय साथीहरूलाई सभापति श्री गगन थापालाई आगामी निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने प्रस्ताव पारित गरिदिनुहुन अनुरोध गर्दछु ।’

उनले मुलुकको विशिष्ट परिस्थितिको मागलाई सहि ढंगले सम्बोधन गर्ने जमर्कोको रुपमा लिन बैठकमा आग्रह गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार