काठमाडौं। सर्जक तथा गायक भरत थापाको ‘न सुवा पट्टिन्छै’ बोलको देउडा गित सार्वजनिक भएको छ।
म्युजिक टिभि नेपाल युटुब च्यानल मार्फत गित सार्वजनिक गरिएको हो। गायक थापा र गायिका कल्पना बिसि को आवाज रहेको गितमा सर्जक हर्क बिवश खनालको शब्द तथा गायक थापाको संगीत छ।
रमेश बिजुली बिसिको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा अभिनय पनि निर्देशक स्वयम् विसिले नै गरेका छन भने उनलाई मोडल झरना बोहराले साथ दिएकी छिन। उक्त गितमा ठट्यौली गर्दै युवा युवति बिचको माया प्रेमको चर्चा गरिएको छ। म्युजिक भिडियोलाई पिआर जोशिले छायांकन तथा सम्पादन गरेका हुन्।
विगतका देउडा गितहरू जस्तै यो गितपनि दर्शकहरूको रोजाईमा पर्न सफल हुनेछ भन्ने आशा गरिएको छ। पश्चिमेली भाषा कला सँस्कृति उजागर गर्ने उदेश्यले प्रस्तुत गरिएको सो गितको भिडियो कैलालीका बिभिन्न रमणिय स्थानहरूमा छायांकन गरिएको छ।