काठमाडौं। भारतिय टेलीफिल्मका चर्चित कलाकार सिद्धार्थ शुक्लाको बिहिबार निधन भएपछि उनका दर्शक त निराश छन् नै। उनको निधनले उनको परिवार, आफन्त, साथीभाई तथा फ्यानहरुलाई स्तब्ध बनाइदिएको छ। परिवार संगै सबैभन्दा बद्धी झट्का उनिकी प्रेमिका सहनाजलाई लागेको छ।
जसका कारण उनको स्वास्थ्य अवस्थानै विग्रिएको भारतिय संचार माध्ययमले जनाएका छन् । समाचार अनुसार शहनाजले आफ्नो छायांकनको सम्पूर्ण सेड्यूल स्थगित गरेकी छिन्। एक अनलाइन न्यूज पोर्टलसँग कुरा गर्दै शहनाजका पिता सन्तोष सिंहले शहनाजको अवस्था ठिक नभएको प्रतिक्रिया दिएका छन्।
उनले सहनाजको मृत्युको कुरा आफुहरुलाई विश्वास गर्न गाह्रो भएको भन्दै छोरीको स्वास्थ्य अवस्था ठिक नभएकोले छोरा शहबाज शहनाजसँगै रहन मुम्बई गएको जनाए। ‘बीग बोस १३’बाट चर्चित बनेका जोडी सिद्धार्थ र सहनाजको जोडीलाई दर्शकले निकै रुचाएका थिए। उनिहरुको जोडी दर्शकमाझ ‘सिडनाज’ उपनामले परिचित थियो ।
‘बीग बोस १३’बाट उनीहरुको केमेष्ट्री बलियो बनेको थियो। यो शोबाट बाहिरिएपछि सिद्धार्थ र शहनाजले एक अर्कालाई डेट गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन्। ‘बीग बोस १३’ पछि शहनाज गिलले सिद्धार्थप्रति थुप्रै पटक विभिन्न टेलिभिजन कार्यक्रममा आफ्नो प्रेम व्यक्त गरेकी थिइन्। उनिहरुको बीग बोसको भिडियो अहिने सामाजिक संजालमा निकै सेयर गरिएको छ।