काठमाडौं। एमसीसी खारेजीको माग गर्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। युवाहरुले काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेका हन्। ‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अभियानका संयोजक निर्ग जैसी (नवीन)सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर महाराजगञ्जमा राखेको छ। जैसी माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यसमेत हुन् ।