बिहिवार, आश्विन १५ गते २०८३

कर्तव्यपालनको क्रममा प्रहरीबाट हुने क्रियाको जिम्मा राज्यले लिन्छः प्रधानमन्त्री

सोमवार , माघ १९, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रहरीले कर्तव्यपालनका क्रममा गरेका व्यवसायिक क्रियाको जिम्मा राज्यले लिने भन्दै सही निर्णय गर्दा हुने आलोचनाबाट नडराउन आग्रह गरेकी छन् ।

नेपाल प्रहरीको निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्वाचनमा एक थोपा रगत नबगोस् र एकजना पनि घाइते नहोस् भन्ने सरकारको चाहना रहेको बताइन् । तर कर्तव्य पालना गर्दा हुने घटनाको जिम्मा राज्यले लिनुपर्ने बताइन् ।

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ को आन्दोलनपछिको कठिन समय नपाल प्रहरीका लागि चुनौतिपूर्ण रहे पनि अझ संगठित र विश्वसनीय संस्थाका रुपमा स्थापित हुन प्रहरी संगठन अग्रसर भएको बताइन् । प्रधानमन्त्रीले आसन्न निर्वाचन नेपालको लोकतन्त्रको लागि उदाहरणीय मानक बन्नुपर्ने बताइन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार