बिहिवार, आश्विन १५ गते २०८३

कांग्रेस नेता डा. कोइरालाले मतदातासँग किन क्षमा माग्दै चिठी पठाए ?

सोमवार , माघ १९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो क्षेत्रका नेता, कार्यकर्ता तथा मतदातासँग क्षमा माग्दै चिठी पठाउन थालेका छन् ।

आगामी प्रतिनिधि सभाको निर्वाचनमा मोरङ–५ बाट उम्मेदवार बनेका डा. कोइरालाले चिठी पठाउँदै आफूले न्याय गर्न नसकेको भए क्षमा गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘मलाई निस्वार्थ भावबाट यसरी राष्ट्रिय जिम्मेवारीमा पठाउँदा मैले यस क्षेत्रका आफ्ना प्यारा दाजुभाइ, दिदीबहिनीहरूप्रति न्याय गर्न सकेको छैन् भने म अन्तस्करणबाट क्षमाप्रार्थी छु ।’

डा. कोइरालाले पठाएको चिठीमा फेरि एक पटक उम्मेदवार बनेर आएको उल्लेख गरेका छन् । उनले आफूलाई एक पटक फेरि विश्वास गरेर मत दिन पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘हाम्रा अगाडि नयाँ–पुराना राजनीतिक दलहरू भोट माग्न आउनेछन् । नेपाली कांग्रेसको तर्फबाट रुख चुनाव चिह्न लिएर म पनि तपाईको घरदैलोमा आएको छु ।’

उनले थपे, ‘एक पटक हामी सबै एकताबद्ध भएर भावी पुस्ताले देशभित्रै आफ्नो स्वर्णिम भविष्य देख्न सक्ने नेपाल निर्माणमा जुटौँ । रुख चिह्नमा अत्यधिक मतदान गरेर नेपाली कांग्रेसलाई विजयी बनाऔँ ।’

२०७९ सालको निर्वाचनमा डा. कोइराला यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचिन भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार