बिहिवार, आश्विन १५ गते २०८३

आगामी निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण परीक्षा हो : गृहमन्त्री

सोमवार , माघ १९, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ मा हुने निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण परीक्षा भएको बताएका छन् ।

महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षा प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले भने– ‘आगामी निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण परीक्षा हो, निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउनुहोस् ।’

कुनै पनि तत्त्वले प्रहरीको निष्पक्षतालाई प्रभावित पार्न नपाउने उल्लेख गर्दै दीक्षित भएका इन्स्पेक्टरहरूलाई उनले भने, ‘सेवाग्राहीको भरोसा टुट्न नदिनुहोस् ।’ गृह मन्त्रालयले प्रहरीलाई सक्षम बनाउन चाहेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले भने, ‘हामी प्रहरीलाई नियन्त्रण होइन सक्षम बनाउन चाहन्छौँ ।’

आफ्नो नेतृत्वको गृह मन्त्रालयले प्रहरीलाई दबाब नभएर दिशा निर्देशन दिन चाहेको बताएका छन् । उनले गृहप्रशासन र सुरक्षा निकायमा शून्य सहनशीलता लागू गरिने बताएका छन् ।

गृहमन्त्री अर्यालले भने, ‘प्रहरीको पोशाक अधिकारका प्रतीक होइन, त्याग र जिम्मेवारी हो, जोसको रापमा परिपक्वताको ताप देखिनुपर्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार