बिहिवार, आश्विन १५ गते २०८३

पश्चिम नेपालको यात्रापछि झापा फर्किए बालेन

सोमवार , माघ १९, २०८२

काठमाडौँ । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका राष्ट्रिय स्वतन्त्र पार्ट (रास्वपा)का वरिष्ठ नेता बालेन शाह झापा पुगेका छन् । 

माघ ६ गते मनोनयन दर्तापछि  कोशी प्रदेशका जिल्लाहरु घुमेका उनी माघ १० गते बेलुका काठमाडौं फर्किएका थिए । पश्चिम नेपालको यात्रापछि काठमाडौं फर्किएका उनी सोमबार साँझ यति एयरलायन्सको विमानमार्फत झापा आएका हुन् ।

बालेन माघ १२ गते पश्चिम नेपालको यात्रामा निस्किएका थिए । अछाम पुगेका बेला उनीसँगै गएका चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौला गम्भीर बिरामी परेपछि बालेन पनि काठमाडौं फर्किएका थिए । अछाममा बेहोस भएका सिटौलाको आइतबार काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार