बिहिवार, आश्विन १५ गते २०८३

एमालेले जारी गरेको निर्वाचन सम्बन्धी प्रेस विज्ञप्तिमा के छ ?

बुधवार , माघ २१, २०८२

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधि सभाको निर्वाचनमा भयरहित र निर्भिक भएर मतदान गर्न सक्ने वातावरण अझै पनि नबनेको औंल्याएको छ ।

एमालेको केन्द्रीय निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाहीले बुधबार प्रेस विज्ञप्ति जारी गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘भयरहित र निर्भिक भएर मतदान गर्न सक्ने वातावरण अझै तयार छैन् ।’ सरकारले भयरहित रुपमा मतदान गर्न वातावरण बनाउन पहल नगरेको पनि एमालेको आरोप छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रत्येक मतदाताले मतपेटिकासम्म समान ढंगले सहज पहुँच र सुरक्षित वातवारणमा मतदान गर्न पाउनु उसको संवैधानिक अधिकार हो तर आजका दिनसम्म सरकारले भरपर्दो र विश्वासिलो वातावरण बनाउन सकेको छैन र त्यतातर्फ गम्भीर बनेको पाइएको छैन् ।’ जेनजी आन्दोलनका क्रममा भागको कैदीबन्दी, लुटिएका हातहतियारले सुरक्षा चुनौती थपिएको एमालेको ठहर छ ।

एमालेले निर्वाचन आचारसंहितको प्रभावकारितामाथि पनि प्रश्न उठाएको छ । विज्ञप्तिमा , ‘राष्ट्रिय अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता, शान्ति–सुरक्षामा खलल पुग्ने गरी भइरहेका अवाञ्छित गतिविधि र समुदायलाई उत्तेजित बनाउने भड्काउपूर्ण व्यवहार र प्रचारप्रसारको शैलीप्रति निगरानी बढाउन र स्थापित कानुनी मापदण्ड अनुसार कानुनी दायरामा ल्याउन सम्बन्धित पक्षसँग् नेकपा (एमाले) विनम्रतापूर्वक अनुरोध गर्दछ ।’

यस्तै एमालेले काठमाडौं लगायतका विभिन्न भागमा भएका लुटपाटका घटनालाई उदाहरण दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार