बिहिवार, आश्विन १५ गते २०८३

निर्वाचन सार्ने छनक प्रधानमन्त्रीले गरिरहनु भएको छ : रामबहादुर थापा

बुधवार , माघ २१, २०८२

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले सरकार निर्वाचन सार्ने षडयन्त्रमा रहेको बताएका छन् ।

नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले पार्टी केन्द्रीय कार्यलयमा आयोजना गरेको पत्रकार भेटघाटमा थापाले यस्तो बताएका हुन् । थापाले भने, ‘निर्वाचन सार्ने छनक प्रधानमन्त्रीले गरिरहनु भएको छ, केही दिन अघि प्रधानमन्त्रीले हिमाली क्षेत्रको निर्वाचन सर्न सक्ने भनेर दिएको अभिव्यक्ति त्यसको एउटा उदाहरण हो ।’

थापाले निर्वाचनमा अनेक षडयन्त्र गर्ने, दलहरुलाई विवादमा तान्ने, न्यायलयमा आफ्नो छायाँ पार्ने काममा सरकार तल्लिन रहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार