बिहिवार, आश्विन १५ गते २०८३

चुनाव दुई चरणमा नगरियोस्, एकै चरणमा गरियोस् : प्रचण्ड

बुधवार , माघ २१, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गर्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंको स्वयम्भूथित मुस्ताङ गुम्बामा नेकपाका उम्मेदवार ङुटुक गुरुङ ‘टाइगर’को परिचयात्मक कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले देशभर एउटै चरणमा चुनाव गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘चुनाव दुई चरणमा नगरियोस्, एकै चरणमा गरियोस् । चुनाव निष्पक्ष हुने वातावरण तय गरियोस् ।’ हिमाली क्षेत्रमा हिमपातले अप्ठ्यारो अवस्था आएमा अर्को चरणमा चुनाव गर्न किने प्रधानमन्त्री सुशीला कार्कीले बताएकी थिइन् ।

त्यसलाई लिएर प्रचण्डले एउटै चरणमा चुनाव गर्नुपर्नेमा जोड दिएका हुन् । प्रचण्डले अहिले सामान्य अवस्थाको चुनाव नभएकाले विशेष ध्यान दिनुपर्ने बताएका छन् । उनले भने, ‘यो पटकको निर्वाचन सामान्य निर्वाचन होइन, असाधारण परिस्थितिमा हुन लागेको हो । यसलाई राष्ट्र र जनताको निम्ति ठिक ढङ्गले सम्पन्न गर्नुपर्छ ।’

उनले अझै पनि चुनाव हुन्छ कि हुन्न भन्ने आशंका रहेको उल्लेख गरेका छन् । यस्तो आशंका नगर्न आग्रह गर्दै तोकिएकै समयमा चुनाव हुने बताएका छन् । उनले भने, ‘अझै पनि कतिपय मान्छेहरूले निर्वाचन हुन्छ कि हुँदैन भनेर भन्ने गर्नुभएको छ । दोस्रो संविधान सभाको निर्वाचनको बेलमा पनि यस्तै अवस्था थियो ।’

उनले थपेहाम्रो शंकालु मानसिकता र कन्फ्युजन वातावरणमा छन्, म तपाईलाई भन्न चाहन्छु– चुनाव हुन्छ नै । २१ फागुनमै हुन्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार