आइतवार, श्रावण २४ गते २०८३

शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक निर्वाचन, मतदान जारी

बिहिवार , माघ २९, २०८२

काठमाडौँ । सन् २०२४ मा भएको विद्रोहका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत भागेपछि बंगलादेश पहिलोपटक आज निर्वाचन हुँदै छ। 

बंगलादेशी सञ्चारमाध्यमका अनुसार देशभर मतदान सुरु भइसकेको छ र यो स्थानीय समयअनुसार अपराह्न ४:३० बजेसम्म जारी रहनेछ।

जारी मतदानमा नयाँ सरकार चयन गर्न बंगलादेशका १२ करोडभन्दा बढी मतदाता सहभागी भइरहेका छन्। सरकारी कर्मचारीका सन्तानलाई आरक्षण दिने नीतिविरुद्ध विद्यार्थीको आन्दोलन चर्किएपछि सन् २०२४ अगस्ट ५ का दिन तत्कालीन प्रधानमन्त्री हेलिकप्टर चढेर भारत भागेकी थिइन्। अहिले पनि उनी भारतकै अज्ञात स्थलमा छिन्। 

हसिनाले देश छाडेपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा गठन गरिएको अन्तरिम सरकारले चुनाव गराएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार