काठमाडौं। लोकप्रिय गायक निशान भट्टराईको आवाजमा ‘सुवा नरिसाउन’ बोलको गीत सार्वजनिक भएको छ। बिक्रम बिकको शब्द तथा संगीत रहेको गीतमा भट्टराईले स्वर दिएका हुन्।
गीत रेकर्डडिङमा कर्ण सञ्ज्यालले साथ दिएका छन्। गीतको भिडियोमा लोकप्रिय गायक तथा मोडल चक्र बम र अञ्जली अधिकारीले अभिनय गरेका छन्। भिडियोमा माधव श्रेष्ठको कोरियोग्राफ छ।
ज्ञानेन्द्र शर्मा हुमागाँईको छायांकन रहेको गीतलाई प्रभावन जेले निर्देशन गरेका छन्।